फिल्म ‘जानी नजानी’ को गीत सार्वजनिक

चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को गीत ‘एउटीलाई मुटुमा घर’सार्वजनिक भएको छ अर्जुन पोखरेल र दुर्गा खरेलको आवाज रहेको गीतमा गायक पोखरेलकै संगीत रहेको छ । अम्बिका शर्माको शब्द रचना रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले हुन् भने गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् ।

फिल्ममा कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत फिल्मनगरीमा डेब्यु गर्दैछिन । फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।