फिल्म लुजर्सको गीत ‘यस्तै हो बैंसैमा’

फिल्म लुजर्स को गीत ‘यस्तै हो बैंसैमा’ सार्वजनिक भएको छ । तोरेम्पा राई र मिना निरौलाको आवाज रहेको गीतमा आदि राम राईको संगीत, गोपाल चन्द्र राईको शब्द र चन्दु गोरखालीको संगीत संयोजन रहेको छ ।

नाटेश्वर फिल्म प्रालिको ब्यानरमा निर्माण भैरहेको फिल्ममा कलाकारहरु कबिता सुनुवार,करण श्रेष्ठ, रेनुका चौहान, भुवन चौलागाँई, लीला कुमार श्रेष्ठ, दिल बहादुर श्रेष्ठ, टलक श्रेष्ठ, खेम राज पुन,बिनिता तमाङ, मेरिना मानन्धर जय के तमाङ लगायतको अभिनय रहेको छ । आर बी मिजारको लेखन तथा निर्देशन रहेको फिल्ममा छायांकन महेद्र थापाको रहेको छ भने एक्शन कुमार श्रेष्ठको छ ।