‘अदालत’ फस्टलुक पोष्ट

- मेराेफिल्म

फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको फिल्म ‘अदालत’ को फष्टलुक सार्वजनिक भएको छ । पोस्टर संगै फिल्मको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । फिल्म फागुन २४ गतेबाट रिलिज हुने भएको छ ।

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई फिल्ममा देखाइएको बताए ।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् ।

२०७५ पुष १३ गते ८:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *