निर्मात्रीज्यू, फिल्म चल्नै बाँकी छ

फिल्म ‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा दोश्रो फिल्म बनाएकी निर्मात्री रोशनी केसीमा डर र उत्साह दुबै देखिएको थियो ।

रोशनी केसीले नेपाली फिल्ममा पनि काम गरिसकेकी छिन् । तर, उनी कार्यक्रममा उत्तेजित धेरै देखिइन् ।

निर्देशक बसन्त अधिकारीले दिदी भनिदिएपछि त उनलाई लगाएर आएको छाती खुलेको कपडाले गिज्ज्याएछ क्यारे । उनले दाह्री फूलेको निर्देशकले किन दिदी भनेको भन्दै एकैछिन रमाइलो पनि गरिन् ।

बोल्ने क्रममा पनि रोशनीको बोली लाउड थियो । उनलाई राम्रो फिल्म बनाएको छु भन्ने त लागेको थियो नै,  अर्कोतिर बोल्न पनि सक्छु भन्ने आत्मविश्वास थियो ।

उनले बोल्ने क्रममा धेरै गल्ती गरिन् । लाउड बोलेकी उनमा जुन खालको आत्मविश्वास देखिएको छ, त्यो फिल्म चल्दासम्म पनि रह्यो भने राम्रो हुन्छ ।

रोशनी केसीले डाक्टर खाते फिल्म बनाइसकेकी छिन् । यो फिल्म चलेन । तर, पनि यसपटक उनी पैसा कमाउने सोचका साथ ‘जानी नजानी’ बनाउन आएकी छिन् ।

हिरोइन भन्दा पनि राम्री र हट भएर आएकी रोशनीमा देखिएको आत्मविश्वास फिल्म रिलिजसम्म रहेमा क्या गजब हुने थियो । निर्मात्रीज्यू, अहिले नै लाउड नहुने हो कि । फिल्म त चल्नै बाँकी छ नी ।