माइली साइरसको गुपचुप विवाह

हलिउड स्टार माइली साइरसले प्रेमी लियाम हेम्सवर्थसँग विवाह गरेकी छन् । उनले यही क्रिसमसको अवसरमा आफ्नो नयाँ निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ ।

लियामका निकटस्थ साथी कन्राड करले उनीहरुको विवाह समारोहको तस्बिर सार्वजनिक गरेर जानकारी दिएका थिए । ‘मिस्टर एण्ड मिसेस’ लेखिएका बेलुन झुण्ड्याउँदै घरभित्र माइली र लियामले केक काट्दै गरेको तस्बिर सार्वजनिक गरिएको हो ।

समारोहमा लियामका दाजु क्रिस हेम्सवर्थ पनि उपस्थित छन् । तस्बिर इन्स्टाग्राममा शेयर भएपछि माइलीको विवाहको हल्ला चौतर्फी भएको हो । अमेरिकी केही मिडियाले भने यो जोडीको विवाह केही हप्ताअघि नै भइसकेको दावी गरेका छन् । दशककै सर्वाधिक आकर्षक हलिउड जोडीमध्ये एक माइली र लियामको जोडीलाई लिइदै आएको छ ।