नेपाली फोटोग्राफर रोहन श्रेष्ठसंग प्रेममा श्रद्धा कपुर ?

सुन्दा अचम्म लाग्न सक्छ तर भारतीय चर्चित अभिनेत्री श्रद्धा कपुरका प्रेमी नेपाली हुन् । पछिल्लो समय भारतीय मिडियामा उनीहरुको प्रेम चर्चा छाएको छ । धेरै जसो अनलाइनले उनीहरु प्रेममा रहेको तर आफ्नो प्रेम सार्वजनिक नगरेको बताएका छन् । १९८५ मार्च ६ तारिक भारतमा जन्मिएका नेपाली मूलका रोहन श्रेष्ठसंग श्रद्धा प्रेममा रहेको बताइएको छ । रोहन पेशाले फोटोग्राफर हुन् । उनी बहुचर्चित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् ।

बाल्यकाल देखी नै बलिउड सेलिब्रेटी बिच परिचित उनले २००४ बाट पिता राजेश श्रेष्ठसंगै फोटो खिच्न थालेका थिए । हाल उनी बलिउडका ब्यस्त र रुचाइएका फोटोग्राफर हुन् । उनले भारतमा मात्र नभएर अमेरिकामा समेत फोटोग्राफी गर्दै आएका छन् । धेरैलाई जानकारी नहुन सक्छ श्रद्धा र रोहन बच्चा बेला देखि कै साथी पनि हुन् । केही समय अगाडि रोहनले श्रद्धा र आफु करिब ९ बर्ष अगाडि देखि एकदमै नजिक रहेको तर श्रद्धासंग प्रेममा नरहेको बताएका थिए । उनले आफुहरु बेस्ट फ्रेण्ड भएको समेत बताएका छन् । पछिल्लो समय उनीहरुलाई धेरै जसो संगै देख्ने गरिएको समाचारहरु भारतीय अनलाइनहरुमा आउने गरेका छन् ।

श्रद्धाको यसअघि अभिनेता फरहान अक्तरसंग नाम जोडिने गरेको थियो । फिल्म रक अन २ को छायांकन ताका उनीहरुको सम्बन्ध लिभिङ टुगेदर सम्म पुगेको चर्चा चलेपनि श्रद्धाले उक्त समाचारहरु गलत रहेको बताएकी थिइन् । रोहनले श्रद्धा र आफु बेस्ट फ्रेण्ड भएको भने पनि श्रद्धाले रोहनसंगको सम्बन्धको विषयमा केही बोलेकी छैनन् ।