भिमफेदी गाइजको ‘बांसै काटेर’ (भिडियो)

दिनेश गौतमले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य भिडियोमा रहेको छ । कोशिस क्षेत्रीको शब्द, संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।