गीतमार्फत तमु ल्होसारको शुभकामना
- मेराेफिल्म
तमु ल्होसारको अवसरमा ‘तमु ल्होसार आशिमाला’ गीत सार्वजनिक भएको छ । गौरव गुरुङको शब्द रचना, गणेश गुरुङको संगीत रहेको गीतमा गौरव गुरुङ, गणेश गुरुङ, पवित्रा गुरुङलगायतको आवाज रहेको छ । याम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियो छायांकन खेम थापा मगरले गरेका हुन् । भिडियो निर्देशन प्रितम गुरुङले गरेका हुन् ।
२०७५ पुष १५ गते ११:२७ मा प्रकाशित
प्रतिक्रिया