विछोडको पीडालाई नयाँ बर्षबाट बाइबाइ गर्दै परमिता

अभिनेत्री परमिता आर एल राणालाई सन् २०१८ ले पीडा दियो । व्यक्तिगत जीवनमा उनलाई पीडा दियो भने फिल्मको यात्रामा उनलाई खुशी नै दिएको मान्नुपर्छ ।

परमिता आर एल राणा पनि अब नयाँ बर्षसँग विछोडको पीडालाई संझने पक्षमा छैनन् । किनकी, विछोडको पीडालाई संझिएको खण्डमा सधै भर अघि बढ्न गाह्रो नै पर्छ होला ।

परमिता आर एल राणाले नयाँ बर्षलाई स्वागत गर्दै भनेकी छिन्–‘जे कुरा गैसक्यो त्यो भन्दा जे कुरा आउँदैछ, त्यो उत्कृष्ट हुन्छ ।’

परमिताको यो कुराले पनि वुझ्न सकिन्छ कि, उनी नयाँ बर्षबाट प्रेमको पीडाबाट मुक्त हुने तयारीमा छिन् । किनकी, उनले आउने बर्षमा धमाका गर्ने सोच बनाएको वुझ्न सकिन्छ ।

परमिताको सन् २०१८ मा रोज फिल्म असफल भयो भने चंगाचेटले औषत कमाई गरेको छ ।

फिल्मी करिअर चलिरहँदा प्रेममा नराम्रोसँग पछारिएकी परमिता गैसकेको कुरा भन्दा आउन लागेको कुरा सुखद हुने बताएर आफूलाई बलियो बनाउन लागिपरेकी छिन् ।