टुंडिखेलमा ‘खैजडीको तालैमा’

गायक सञ्जय गुरुङ र गायिका भीमकला गुरुङको स्वरमा रहेको कौडा गीत सार्वजनिक भएको छ । गीतलाई टुँडिखेलमा आयोजना गरिएको ल्होसार कार्यक्रमका बीचमा सार्वजनिक गरिएको हो । कार्यक्रमको अवसर पारेर तमु कलाकार संघका अध्यक्ष राजु गुरुङ र वरिष्ठ लोकगायक अमर विरही गुरुङको हातबाट ‘खैजडीको तालैमा’ गीत सार्वजनिक गरियो ।

दिपेन्द्र गुरुङको लय, दिपेन्द्र गुरुङ र सञ्जय गुरुङको शब्दमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका छन् । भिडियोमा दिपेन्द्र गुरुङ आफैं अभिनय गरेका छन् भने उनको साथमा खेम गुरुङ, काशी घले र मोनिका गुरुङको अभिनय रहेको छ । मधुर बस्नेतको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।