‘सिम्बा’ को लोभलाग्दो ओपनिङ

रणवीर सिंह स्टारर फिल्म ‘सिम्बा’ले गतिलो सुरूवात गरेको छ । फिल्मले पहिलो दिनको कमाइले नै अघिल्लो हप्ता रिलिज भएको शाहरुख खानको फिल्म ‘जिरो’लाई उछिनेको छ ।

रणवीरसँगै सारा अलि खान लिड रोलमा रहेको फिल्मले पहिलो दिन २१ करोड भारू कमाइ गरेको छ । शाहरुखको ‘जिरो’ले पहिलो दिन २० करोड १४ लाखको मात्रै कलेक्सन गरेको थियो । बलिउड बक्सअफिसमा पछिल्लो क्रममा रिलिज फिल्म मध्ये रोहित शेट्टी निर्देशित यो नै सबैभन्दा ठुलो ओपनिङ हो ।