अनमोलले मिलनलाई झुलाए, २ को साहारामा चाम्स ?

अभिनेता अनमोल केसीले हतारमा संझौता गरेको फिल्म ब्याचलर बन्टी अन्यौलमा छ । मिलन चाम्सले हतारमा फिल्म बनाएर हतार मै रिलिज गर्ने योजना बुनेका थिए । तर, अभिनेता केसीले  तिलमिलाइदिएपछि ब्याचर बन्टीले चाम्सलाई निराश बनाइदिएको छ ।

अभिनेता केसीले यो फिल्मलाई समय नदिएपछि मिलन चाम्स २ को साहारमा लागेका छन् । किनकी, उनले ब्याचर बन्टी नबन्ने देखेपछि विर विक्रम २ निर्देशन गरे । यो फिल्मको छायांकनको अधिकांश भाग सकिएको छ ।

मिलन चाम्सले ब्याचर बन्टी अझै सुरु हुने छाटकाट नदेखेपछि बोबीको सिक्वेल बोबी २ बनाउने पनि सुरसार कसेका छन् ।

निर्देशक चाम्सले अब अनमोल र आफू दुबैको समय नमिलेसम्म ब्याचर बन्टीको काम सुरु नहुने बताइसकेका छन् ।

मिलन चाम्सले फिल्म बनाउने कुरामा त रेकर्ड नै राख्न थालेका छन् । उनी फिल्मको निर्देशनमा मेसिन बनेका छन् । तर, अभिनेता केसीसम्म आएर मात्र उनको यात्रामा ब्रेक लागेको छ ।

के अब मिलन चाम्स २ को साहारामा लागेका हुन् त ?