कादर खानको मृत्यु भएको छैन

भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्युको खबर झुटो रहेको छ । संचार माध्यम तथा सामाजिक संजालमा एकाएक खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो रहेको जानकारी दिएका छन् ।

अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरे संगै मृत्युको खबर फैलिएको थियो । ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ ।

उनका छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रहको बताएका छन् ।  नेपालमा पनि सामाजिक सञ्जालतिर कादर खानको मृत्यु भएको भन्दै थुप्रैले उनलाई श्रदाञ्जली दिएका छन् । ८१ वर्षीय कादर लामो समयदेखि बिरामी छन् । श्वास लिन समस्या भएपछि उनलाई केहीदिनअघि अस्पताल भर्ना गरिएको बताइएको छ ।