बिग बोस बिजेता ‘ससुराल सिमार’ की दीपिका

‘बिग बोस १२’ को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गरेका हुन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।

दीपिका ‘ससुराल सिमरका’ सिरियलमा काम गरेपछि चर्चित बनेकी थिइन् । दीपिकाको ३ महिनाको यो शोको यात्रा विशेष र कठोर रहेको थियो । उनलाई अन्य प्रतिस्पर्धीले फेक, असल व्यक्तित्व देखाउन नसकेको र किचनमा कब्जा गरेको आरोप लगेक थिए ।