भारतीय निर्देशक सेनको मृत्यु

बंगाली फिल्म निर्देशक मृणाल सेनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ । केहि समय अगाडीबाट गम्भीर बिरामी रहेका उनको कोलकातास्थिति निवासमा मृत्यु भएको हो ।

सन् १९५५ मा ‘रातभोर’ नामक पहिलो फिचर फिल्म बनाएका सेनले ‘नील आकाशेर नीचे’ फिल्मबाट चर्चा बटुले । उनले ‘बाइशे श्रावण’ फिल्मबाट अन्तराष्ट्रिय स्तरमा छुट्टै स्थान बनाउन सफल भए । उनी बंगाली फिल्मका त्रिमूर्ति निर्देशक मध्येका एक हुन् । यसमा उनीसँगै निर्देशकहरू सत्यजीत रे र ऋत्विक भट्टाचार्य पर्दछन्।