राजाराम कराउने, भूवन नसुन्ने

पारिश्रमिक नपाएको गुनासो नेपाली कलाकारले गर्छन् । कतिले त उजुरी नै गरेर पारिश्रमिक पाएका छन् । कतिलाई त पारिश्रमिक लिनका लागि नकराइ भएको छैन ।

आफू नै कार्यकारी निर्माता रहेको १०० कडा १० फिल्मको पत्रकार सम्मेलनमा पनि राजारामले क्याप्टेन फिल्मबाट पारिश्रमिक नपाएको गुनासो गरे । उनले, आफूलाई फिल्मको डबिङमा पनि नबोलाइएको र पारिश्रमिक पनि नदिइएको बताएका छन् ।

राजारामले यो फिल्मबाट पारिश्रमिक नपाएको भनेर चिल्लाउन थालेको पहिलो पटक होइन । पहिला पत्रिकामा, दोश्रो पटक पत्रकार सम्मेलनमा, तेश्रो पटक पनि पत्रकार सम्मेलनमा राजारामले क्याप्टेनबाट पैसा नपाएको बताएका बताई रहेका छन् । राजाराम संचारमाध्यममा कराएरै भएपनि पारिश्रमिक उठाउने धुनमा छन् ।

तर, राजाराम मात्र चिल्लाएर के गर्नु ? यो फिल्मका निर्माता भूवन केसीले यो कुरामा कानमा तेल हालेर नै बसेका छन् । भूवन केसीले त यो बिषयमा आफूलाई थाहा नभएको लेखेका छन् । राजारामले भने हरेक पत्रकार सम्मेलनमा भूवन केसीले पैसा नदिएको बताउने धुन नै कसेको पाइन्छ ।

राजाराम कराउने, भूवन नसुन्ने । यो पैसोको कुरा कहिलेसम्म जारी रहने होला ?