अझै ढुक्क छैनन् आँचल

अभिनेत्री आँचल शर्माको मनमा कुरा खेलिरहन्छ । खेलेका कुरालाई लिएर मौन बस्दिनन् । आँचल शर्माको यो बानी नानीदेखिको हो या होइन, थाहा भएन । तर, उनको यो बानीले कहिलेकाही बित्यास पार्छ ।

आँचल शर्माले ‘शत्रु गते’मा काम गरेपछि आफूले सोलो हिरोइन हुन नपाएर गल्ती गरेको बताइन् । पछि फेरी आफूले त्यसो भन्न नखोजेको भन्दै स्पष्टिकरण पनि दिइन् । आँचल शर्मालाई फेरी समुहको फिल्ममा काम गर्दा ढुक्क हुने अवस्था छैन । उनी ‘दाल भात तरकारी’मा काम गर्दा ढुक्क छैनन् । बरु, के हुने हो भन्ने दोधारमा छिन् ।

आँचललाई अझै पनि यो फिल्ममा काम गर्दा फाइदा र घाटा दुबै छ भन्ने लाग्छ । उनले, फिल्म चलेपछि घाटा वा नाफा के हुन्छ भन्न सकिने बताएकी छिन् । यसको मतलब अहिले पनि उनी ढुक्क छैनन् । यतिसम्मकी, उनको मनमा हुलमुलको फिल्ममा काम गरेर गल्ती गरेकी भन्ने पनि लागेको छ । फेरी यस्तो फिल्ममा काम गरेर विदेशमा चिनिएको छु भन्ने पनि लागेको छ ।

चञ्चले मनले गर्नु गरेको छ । आँचल जी काम गरेपछि ढुक्क भएर आफ्नो कामको आनन्द लिनु पर्छ । मन डुलाएर काम छैन है छैन ।