ज्यान घट्यो, फिल्मको अफर आएन

फिल्म नगरी अजिबको छ । यहाँ, कसले काम पाउँछ कसले पाउँदैन भन्न सकिन्न । किनकी, यहाँ काम पाउन सजिलो छैन ।

मोडल सुजना ढकाललाई पनि अहिले यस्तै समस्या छ । सुजना ढकालले एकाध फिल्ममा काम त गरेकी छिन् । तर, उनलाई सफलता मिलेको छैन ।

सुजना ढकालको तौलको आलोचना पनि हुने गरेको थियो । तर, उनले तौल घटाउनका लागि कम्मर कसेर जिम गइन् । दैनिक जीमको भिडियो हालेर आफूले तौल घटाएर स्लिम बनेको सबैलाई बताइन् पनि । अहिले उनी स्लिम बनेकी छिन् । स्लिम बनेकी सुजनालाई फिल्मको अफर अब आउँछ भन्ने लागेको थियो ।

तर, उनलाई फिल्मको अफर आएको छैन । म्यूजिक भिडियोमा फाट्टफुट्ट काम गरेपनि उनले फिल्म पाएकी छैनन् ।

उनले आफ्नो फेसबुकतिर हट तस्बिर पोष्ट त गर्छिन् । तर, उनको तस्बिरमा फिल्म बनाउनेको आँखा नलागेको हुनुपर्छ ।

दुबइमा रहँदा एउटा न्यूड तस्बिर भाइरल भएपछि सुजनाको करिअरलाई असर परेको हो । ज्यान त घट्यो, तर ज्यान घट्दैमा काम पाइहालिन्छ भन्ने पनि कहाँ छ र ?