हिन्दी गीतमा मरिश्का पोखरेल

‘सालको पात टपरी’ को सफलता पछी मरिश्का पोखरेल हिन्दी गीत ‘हर लम्हा’ मा देखिएकी छन् । शंकर लामिछानेको शब्द, संगीत रहेको गीतमा चन्द्र शेखर सिंहले संगीत संयोजन गरेका छन् । गीतमा भारतीय प्ले ब्याक सिंगर निलेश सिंह र साहिवाको आवाज रहेको छ । म्युजिक भिडियोमा मरिश्काको साथमा संगीतकार शंकर लामिछानेलाई देख्न सकिन्छ । नेत्र गुरुङको निर्देशन रहेको भिडियो सम्पादन पनि उनले नै गरेका हुन् । गीतको छायांकन मिलन शंकरले गरेका हुन्।