विदेशबाट फर्किदा ‘बुढी हराई’ (भिडियो)

दिवस गौत्तम र लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ गीत सार्वजनिक भएको छ । दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थाथलाई देखाउन खोजिएको छ । भिडियोमा जनक अधिकारीको छायाँकन छ भने , मिन प्रकाश ओलीको निर्देशन रहेको छ । भिडियोमा गौतम, संगिता र मधु भट्टको अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतमा सुवास कुथुमी राईको रेकर्डिङ रहेको छ ।