शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर

मिस नेपाल शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छन् ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने छ । मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै शृंखला टप १२ सम्म पुग्न सफल भएकी थिइन् ।