भदौ १३मा अनमोलको ‘ब्याचलर बन्टी’

युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘ब्याचलर बन्टी’को सुटिङ सुरु हुने भएको छ । सुदिप खड्काको निर्माण रहने फिल्म मिलन चाम्सले निर्देशन गर्दैछन् । पछिल्लो केही समय यता फिल्म बन्ने या नबन्ने भन्ने विषयमा अन्यौलमा रहेको निर्माण टिमले अन्तत फिल्मको छायांकन र रिलिज मिति समेत तय गरेको छ ।

अनमोल केसी फिल्म ‘ए मेरो हजुर ३’ मा ब्यस्त भएपछी फिल्म ‘वीर बिक्रम २’ निर्माण थालनी गरेका निर्देशक मिलन चाम्स आफैले पनि फिल्म कहिले बन्ने भन्नेमा अनबिज्ञ रहेको केही दिन अगाडि बताएका थिए । तर, अब फिल्म आगामी वर्ष ७६को बैशाख देखी फ्लोरमा गएर भदौ १३ गते देखी प्रदर्शनमा आउने पक्का भएको छ । प्रदीप भारद्वाजको लेखन रहने फिल्म प्रेमकथामा बन्ने छ ।

चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा अनमोलको अपोजिटमा डेब्यु नायिका उकुशा गिरी देखिनेछिन् । अनमोलको यसै वर्ष २ फिल्म प्रदर्शन हुँदैछन् । फागुन १७मा उनको होम प्रोडक्सनमा बनेको फिल्म ‘क्याप्टेन’ प्रदर्शन हुँदैछ भने चैत्र २९मा झराना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शन हुनेछ ।