पोखराको हट एयर बलुनको फाइदा, गोपी प्रचारको काइदा (फोटो फिचर)

पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालिएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’ले आफ्नो प्रचारलाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । ‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।