Exclusive:’कबड्डी ३’ मा प्रदीप र आना

‘साँइली’को प्रदर्शन पछि निर्माता निर्देशक रामबाबु गुरुङ ‘कबड्डी ३’को सुटिङ गर्नेछन् र यसको कास्ट सम्बन्धि रोचक खबर मेरो फिल्मलाई प्राप्त भएको छ । सिनेमा आर्टको ब्यानरमा बन्ने यो फिल्म सफल फ्रेन्चाइजको कास्टमा यस पटक प्रदीप खड्का र आना शर्मा पनि जोडिएको बताइएको छ ।

प्रदीपले फिल्म साइन गरिसकेको तर आनाले भने फिल्म साइन गर्न बाँकी रहेको छ । आना यतिबेला ब्वाइफ्रेन्डसँग बिदा मनाउन स्वीजरल्यान्डमा छिन् ।

फिल्ममा दयाहाङ राई यथावत रहनेछन् । फिल्मको दोस्रो भागमा सौगात मल्ल थपिएका थिए । निर्माण टिमले फिल्मलाई थप मासमा पुर्याउन प्रदीप र आनाको जोडीलाई पर्दामा प्रस्तुत गर्न लागेको हो । त्यसो त प्रदीपले रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म साइन गरेकोसमेत चर्चा थियो । ‘बेला’ शीर्षकमा बन्न लागेको फिल्ममा प्रदीपले ४० लाख पारिश्रमिक लिएको र रामबाबु गुरुङले लेखन र निर्देशनको ५० लाख लिएको गाइँगुइँसमेत बजारमा थियो । तर, कथामा व्यापक टुइस्ट आउँदै अन्ततः प्रदीप ‘कबड्डी ३’को हिस्सा बन्न पुगेका हुन् ।

प्रदीपको लभस्टेसन यही वर्ष प्रदर्शन हुँदैछ भने आनाको अंग्रेजी फिल्म दि म्यान फ्रम काठमाडौं चैत १ मा प्रदर्शनमा आउँदैछ ।