‘प्रेमनाथ’ ट्रेलर

फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फष्टलुक सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा फिल्मको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको हो ।

फिल्ममा गणेश बेलवासे, सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पुजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ । आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्ट अभिनयमा ‘डेब्यु’ गर्दैछन् । गुहेश्वरी बेलबासे निर्माता रहेको फिल्ममा कपिलप्रसाद कार्यकारी निर्माता तथा बसन्तराज भट्ट र मिलन राई सह–निर्माता छन् । फिल्ममा भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत, रजिन पाठकको नृत्य र सुमिन कार्की, सुरज पाण्डे तथा सञ्जय सहानीको छायांकन छ।