जगदिस समालको ‘ठुली’

गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो ‘ठुली’ सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडीयोमा गीतकार इन्द्र देब सुबेदी र सृष्टि खड्का देखिएका छन् ।  गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन , सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।