सारा र अनमोलको प्रेमले मिडिया तात्यो, हल तातेन

अभिनेत्री सारा सिर्पालीको करिअरलाई निखिल उप्रेती र सलोन बस्नेतले पनि बचाउन सकेनन् । किनकी, निखिलसँग काम गरेको २ फिल्म र सलोनसँग काम गरेको एक फिल्म चलेन ।

सारालाई सलोन र निखिलले बचाउन नसकेपनि अभिनेता अनमोल केसी बचाउँछन् भन्ने आशा भने थियो । किनकी, फिल्म रिलिज भन्दा अघि साराले अनमोलसँगको प्रेम रहेको खबरलाई संचारमाध्यममा राम्रै स्थान दिन सफल भएकी थिइन् ।

सारा र अनमोल साथी भएको र उनीहरुविच प्रेम रहेको खबर सार्वजनिक भएको थियो । तर, अनमोलले सारासँग भेट भएको तर प्रेम नरहेको बताइदिए । फिल्म चल्नुभन्दा अघि सारा र अनमोलको प्रेमको खबर आउँदा फाइदा सारालाई नै भयो ।

तर, उनको यो फाइदाले फिल्मको व्यापारलाई कुनै असर गरेको पाइएन । बरु, अनमोलले फिल्म चल्नु अगावै यो कुरालाई खुलस्त पारिदिए र चर्चा सेलायो ।

सारा र अनमोलको प्रेमले सारा संचारमाध्यममा त तातिन् तर हल तताउन सकिनन् । सारालाई दर्शकले सुन्दर अभिनेत्री त बन्छन् । तर, उनको सुन्दरतालाई पर्दामा बचाउन सक्ने हिरो फिल्मको पर्दामा आएका छैनन् ।