नीता जी बिरामी पर्दै कि भर्दै ?

नायिका नीता ढुंगाना अंग्रेजी नयाँ बर्ष मनाउन अमेरिका पुगेकी छन् । नयाँ वर्ष मनाउने क्रममा उनी रमाइलोका साथ साथै सामाजिक संजालमा तस्विर सेयर गर्न व्यस्त छिन् । यसै पनि उनी आफ्नो जीवनका प्राय घटनाहरु सामाजिक संजालमा पोष्ट गर्न मन पराउछिन् ।

अमेरिका पुगेकी उनको सामाजिक संजालको तस्विर हेर्दा बिरामी परेको अन्दाज लगाउन सकिन्छ तर उनले लेखेको कुरा अर्कै छ ‘फिलिंङ सिक’ (filing sick) । उनी बिरामी पर्दै छिन्, बिरामी भर्दै छिन् या अरु केही…

बोलीको कारण खासै विवादमा नआउने उनको यस पटकको फोटो क्याप्सनले भने दुविधा सिर्जना गरेको छ । नीता जी तपाइँलाई भएको चै खास के हो ? कन्फ्युजन क्लियर गर्दिने कि ?