‘भुरभुरा रहर’ ट्रेलर

थारु भाषामा बनेको फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले एक थारु युवतीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ ।

फिल्ममा भीमा चौधरी, इन्द्र चौधरी, छविलाल कोपिला, सिवनी चौधरी, रामलाल  चौधरीलगायतको अभिनय रहेको छ । फिल्ममा सशील चौधरीको कथा र मित्र डि गुरुङको सम्पादन रहेको छ भने रामलालले निर्माण गरेका हुन् । फिल्मलाई पत्रकार मदन चौधरीले निर्देशन गरेका हुन् ।