मिलनले पत्रकार तर्साउन खोजेका हुन् ?

मेरो बारेमा गलत कुरा गर्ने, मेरो बारेमा नभएको हल्ला चलाउने, मलाई थाहा नभएको कुरा गर्ने मानिसलाई मेरो श्राप लाग्छ । मैले अहिलेसम्म श्राप दिएको मान्छेलाई लागेको पनि छ ।

निर्देशक मिलन चाम्सले पत्रकारको एउटा प्रश्नमा यो जवाफ दिए । ब्याचलर बन्टी फिल्ममा अनमोल केसीसँग भएको कुराकानीको बिषयमा पत्रकारले प्रश्न सोध्दा उनले यस्तो जवाफ दिएका हुन् ।

उनले भनेका छन्–‘मलाई नै थाहा नभएको कुरा खै कताबाट आउँछ । तर, मेरो विषयमा नभएको कुरा गर्नेलाई म श्राप दिन चाहन्छु । फेरि मैले दिएको श्राप लाग्छ पनि ।’

मिलन चाम्सले पत्रकारमाथि पनि घुमाउरो तरिकाले आफ्नो नकारात्मक समाचार नलेख्न दबाब दिएका थिए ।

मिलन चाम्सले आफ्नो बिषयमा आउने नकारात्मक र नभएको खबर दिनेलाई श्राप लाग्छ र श्राप दिन्छु भन्नु कतिको वौद्धिकता होला ?

फिल्म क्षेत्रमा आफ्नो बारेमा राम्रो खबर आयो भने चम्किने र नराम्रो खबर आउँदा पत्रकारलाई ठाडै प्रश्न गर्ने प्रवृत्ती हाबी छ । मिलन चाम्स यही क्षेत्रमा छन्, जो निरन्तर खबरमा रहेर मख्ख पर्छन् ।

तर, सधै उनले चाहेको खबर मात्र आउँछ भन्ने हुँदैन । तर, उनीसँग बौद्धिक व्यक्तिले यस्ता शब्द प्रयोग गर्नु सुहाउला त ?