सबै भाग खान खोज्दा डुबिएला कि प्रदिप जी ?

अभिनेता प्रदिप खड्कालाई धेरै भाग खान खोजेको आरोप लाग्न थालेको छ । यता पनि बुक भैहालौँ, उता पनि बुक भैहालौँ भन्ने लहलहैमा लाग्दा करिअर नै संकटमा पर्ने हो कि भन्ने डर देखिन्छ । हातमा भकाभक फिल्म लिएर बस्दा प्रदिपले रिलिज हुन लागेको फिल्म, सुटिङ हुन लागेको फिल्मलाई समय दिन नसक्ने हुन् कि भन्ने हल्ला चल्न थालेको छ ।

प्रदिपले बेला नाम गरेको फिल्मलाई कबड्डी ३ बनाएर काम गर्न राजी भएको खबर आइसकेको छ । कृका निर्देशक सुरेन्द्र पौडेललाई पनि हुन्छ भन्ने, भैरवीको पनि पेश्की रकम लिइसक्ने, हेमराज वीसीसँग संझौता नै गर्ने, प्रेमगीत ३ गर्छु भनेर कथा लेख्न समेत सुरु गराउने प्रदिपले कता कता भ्याउलान् ?

यति धेरै फिल्मका निर्देशकलाई हुन्छ भनेर धेरैभाग खोज्नु भन्दा एउटालाई नै राम्रो गरेर अर्कोतिर लाग्दा के होला ? प्रेमगीतको ब्रान्डमा रहँदासम्म त प्रदिप यस्तो थिएनन् । अहिले किन प्रदिपले यति धेरै भाग खोजेका होलान् ?