निरज सिलवालको ‘हिड्ने बाटो’ (भिडियो)

गीतकार तथा संगीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । उनको शब्द तथा संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । उक्त सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।

सेन्टिमेन्ट्सले भरिपूर्ण गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।

गीतकार तथा संगीतकार निरज सिलवालका यस अघि पनि २ वटा गीत बजारमा आईसकेका छन् । यो उनको तेस्रो गीत हो । उनका यस अघि ‘टुकु टुकु हिड्ने’ र ‘गल्ति’ बोलका गीत सार्वजनिक भएका थिए ।