ग्लोबल नेपाली फिल्म अवार्डमा निता सर्वोत्कृष्ट नायिका

अमेरिकाको कोलोराडोमा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्डमा अभिनेत्री नीता ढुंगानाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । उनले फिल्म ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड हात पारेकी हुन् ।

यस अघी एक अन्तर्राष्ट्रिय र नेपाल मै सम्पन्न भएका विभिन्न अवार्डमा समेत उनले सोही फिल्मबाट सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिसकेकी छिन् । पञ्चायतमा नीताले गरेको अभिनयको सर्वत्र चर्चा भएको थियो । पछिल्लो समय उनले भोजपुरी फिल्म ‘सेर ए हिन्दुस्तान’को सुटिङ सकेकी छिन् भने हाल उनी फिल्म ‘साइनो’को सुटिङको क्रममा छिन् ।