प्रियंकाको सुन्दर हुने सुत्र

अभिनेत्री प्रियंका कार्कीलाई समिक्षक र दर्शकले जसरी स्विकार गर्नुपर्ने हो, त्यसरी गर्न सकेका छैनन् । धेरै फिल्म खेल्नु मात्र सफलता होइन । धेरै असफल काम गर्नु मात्र सफल हुने सुत्र होइन ।

अभिनेत्री कार्की धेरै काम त गरिरहेकी छिन्, तर अरुले त्यसको तारिफ गर्न पाएका छैनन् । व्यापक आलोचना हुन थालेपछि कार्की अहिले आफूमा आफै रमाउन थालेकी छिन् । उनका कुराहरु सुन्ने र पढ्ने हेर्ने हो भने उनी अहिले आफूमा आफै रमाउनु र अरुको कुरा नसुन्नुलाई आनन्दको नाम दिन थालेकी छिन् ।

उनले सुन्दरताको परिभाषा पनि दिएकी छिन् । कार्कीका अनुसार, अरुले स्विकार नगरेपनि आफूले आफूलाई नै स्विकार गर्नु सुन्दरता हो । त्यसैले सुन्दर हुनु भनेको आफूले नै आफूलाई स्विकार गर्नु हो भनेर प्रियंका सोच्न थालेकी छिन् ।

प्रियंकाको यो कुराले पनि के बुझ्न सबैले सक्छन् भने उनी अहिले आलोचनालाई सामान्य रुपमा लिन थालेकी छिन् । आफू भित्र नै रमाउन थालेकी छिन् र त्यसलाई नै सफलता र सुन्दरता भन्न थालेकी छिन् । तर, अरुका लागि काम गर्ने क्षेत्रमा काम गरेपछि अरुको कुरा सुन्न र पचाउन पनि आवश्यक छ । प्रियंकाले आफूभित्र मात्रै रमाउन थालिन् भने उनको काममा दर्शक रमाउन छाड्लान् कि ?