कामेश्वरजी, एउटा फिल्म चल्दैमा उम्लन हुन्न यसै भनिएको होइन

रेशम फिलिली फिल्ममा काम गरेपछि कलाकार कामेश्वर चौरासियालाई दर्शकले तारिफ गरेका थिए । यो फिल्मको गीत जती हिट भयो, कामेश्वरको अभिनय पनि उस्तै हिट भयो । कामेश्वर पनि एउटा फिल्म हिट भएपछि अब फिल्म इन्डस्ट्री नै मेरो हो जसरी उम्लिए । उनी यसरी उम्लिए कि, लाग्थ्यो अब फिल्म क्षेत्रमा उनी बराबरको कलाकार कोही छैन ।

आफैले काम गरेको फिल्मको प्रचार गर्नका लागि पनि उनलाई संचारमाध्यमको लिस्ट चाहिन थाल्यो । आफैले काम गरेको फिल्मको डबिङ गर्नका लागि उनलाई हवाइजहाज र होटलको बिल तिरेर बोलाउनुपर्ने भयो । यस्तो अवस्था केही निर्माताले भोगे ।

तर, कामेश्वर चौरासियाको यही घमण्डको कारणले गर्दा फिल्मको दौड सुस्त भयो । अहिले उनले जस्तो भूमिकामा पनि काम गर्न थालेका छन् । कामेश्वर जस्तो फिल्ममा पनि काम गर्नु आफ्नो वाध्यता भएको बताउँछन् । उनले कोठा भाडा तिर्ने पैसा नभएपछि फिल्ममा जस्तो भूमिका पनि गर्ने र गर्छु भनेका छन् ।

उनले पेट पाल्नका लागि, पैसा कमाउनका लागि जस्तो भूमिका पनि गर्ने बताएका छन् । कामेश्वर एउटा फिल्ममा काम गर्ने वित्तिकै निर्मातालाई दुख दिन थालेका थिए । अब, उनी कोठा भाडा तिर्नका लागि जस्तो भूमिकामा पनि काम गरिरहेका छन् । यसैले कसको दौड कतिबेला कहाँ पुग्छ थाहा हुन्न । कामेश्वरले पहिलो फिल्मबाट पाएको सफलता अहिले संझिरहेका होलान् ।