क्रिकेट सम्बन्धी फिल्म निर्माण गर्दै एक्सपर्ट एजुकेशन

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अब फिल्म निर्माण गर्ने भएको छ । एक्सपर्टले नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । सिड्नीमा आज आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब सिंहले फिल्मको निर्माण गर्न लागेको बताएका हुन् ।

कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए ।‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ । फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने ।

फिल्मका मुख्य अभिनेता सुनोद श्रेष्ठ रहनेछन् । अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने फिल्म निर्माण गर्न लागेका संजिब शर्माले जानकारी दिए । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । श्रेष्ठले अष्ट्रेलियामा अभिनय सम्बन्धी विषयमा डिप्लोमा कोर्ष समेत गरेका छन् ।