‘हृदयभरी’ औपचारिक घोषणा

नायक पल शाह र नव नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहने फिल्म ‘हृदयभरी’को काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहने फिल्ममा पल र श्रद्धासंगै रेखा लिम्बु, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, डा. आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।

फिल्म एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्म्सको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्न लागेका हुन् । फिल्म घोषणा कार्यक्रममा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत संगै फिल्म युनिटले फिल्मको फस्ट लुक समेत सार्वजनिक गरेका थिए ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल र दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहने छ । फिल्मको औपचारिक घोषणा कार्यक्रममा बोल्दै निर्देशक सुब्बाले नेपाली फिल्म क्षेत्रमा स्तरिय फिल्म दिने योजना अनुरु ‘हृदयभरी’को निर्माण हुन लागेको बताए ।

त्यस्तै फिल्मको बारेमा बोल्दै नायक पल शाहले फिल्मको कथा बस्तु मन परेकाले अफु यो फिल्म खेल्न राजी भएको बताए ।

त्यस्तै डेब्यु नायिका क्षेत्रीले फिल्ममा अभिनय गर्ने रहर भएको र त्यसै अनुरुप मोडलिङ हुँदै फिल्ममा आइपुगेको बताइन् । ‘मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाई नेपाली फिल्ममै आउनु मन थियो । मलाई पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भएँ’. श्रद्धाले भनिन् ।