चिसो मौसम, गर्मिली आना

अभिनेत्री आना शर्मा अभिनेता प्रदिप खड्कासँग काम गर्न लागेको खबरले चर्चामा आएकी छिन् । कबड्डी ३ फिल्ममा प्रदिपको जोडी आना हुने कुरा छ । प्रदिप र आनाले यो कुरालाई स्पष्ट पारिसकेका छैनन् । तर, आनासँग फिल्म वृत्तलाई तताउनका लागि फिल्ममा काम गर्न लागेको खबर मात्र छैन । उनको इन्स्टाग्राम हेर्ने हो भने राजधानीमा बढेको चिसो मौसम तातो लाग्न सक्छ ।

अभिनेत्री शर्मा अंग्रेजी भाषामा बनेको नेपाली फिल्ममा देखिदैछिन् । यो बाहेक उनको अरु रिलिज फिल्म छैन । उनै आनाले इन्स्टाग्राममा राखेको एउटा तस्बिर गर्मिलो छ । आनाले वन पिस कपडामा आफूलाई हट बनाएकी छिन् ।
म्यागेजिनको सुटका क्रममा आनाले बाहिर बाक्लो कपडा लगाएकी छिन् । तर, उनको वन पिस कपडा तल लामो छैन ।

यो जाडोमा आनाले लगाएको जस्तो पहिरन लगाएर हिड्ने हो भने त पक्कै जाडो छेकिदैन होला । तर, आनाको तस्बिर मात्र हेर्दा गर्मिलो बनाउने कुरामा दुइमत छैन ।