नम्रतालाई धन्यवाद दिनै हतार

सोमवार राजधानीको क्युज हलमा फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु आशिष पिया, रेवती क्षेत्रीसंगै अभिनेत्री नम्रता सापकोटा उपस्थित थिए ।

कार्यक्रममा सबैलाई आफ्नो अनुभव साट्न भनियो । सबैले आफ्नो अनुभव सुनाए र फिल्मलाई सपोर्ट गरिदिन मिडियालाई अनुरोध पनि गरे । तर, अभिनेत्री नम्रता सापकोटाले भने अनुरोध गरिनन् । उनले सिधै सबैलाई अग्रिमरुपमा धन्यवाद दिइन् ।

‘तपाईँहरुले हामीलाई सपोर्ट गर्नु हुन्छ, फिल्मको प्रचार प्रसार गरिदिनुहुन्छ त्यो मलाई थाहा छ त्यसैले अहिले नै यहाँहरु सम्पुर्णलाई धन्यवाद’, नम्रताले यसै भनिन् । उनी यति धेरै कन्फिडेण्ट थिइन् कि उनले धन्यवाद नदिरहन सकिनन् । उसो त फिल्ममा काम निरन्तर गरिरहे पनि अपेक्षित सफलता त चर्चा कमाउन नसकेको आरोप नम्रतालाई नलागेको होइन । कतै नम्रतालाई डाउट लागेर पहिले नै सरण परेकी त होइनन् ?

होइन भने कार्यक्रम नै नसकी, समाचार नै प्रकासित नभई प्रचार प्रसार गरिदिनु भएकोमा धन्यवाद भन्नु पर्ने हतारो के थियो र नम्रता जी ?