दिपकले आफूलाई नै मेगास्टार भन्न खोजेका हुन् ?

नेपालमा स्टार को ? मेगास्टार को ? सुपरस्टार को ? भन्ने बहस छेडिन थालेको छ । अभिनेता अनमोल केसीलाई भनिएको मेगास्टार, प्रदिप खड्कालाई भनिएको सुपरस्टार होस् या पल शाह, सलिनमान बनियाँलाई भनिएको स्टारको उपाधिमाथि प्रश्न उठ्न थालेको छ ।

यहि समयमा अभिनेता दिपकराज गिरीले भने आफूलाई घुमाउरो पारामा यो ट्याग दिएका छन् । उनले, सुपरस्टार, मेगास्टारले पारिश्रमिक होइन, नाफाको प्रतिशत मागेर अभिनय गर्ने साहस राख्नुपर्छ । होइन भने एउटा चित्त वुझ्दो रकममा काम गर्नुपर्छ । सबै बोझ निर्मातालाई मात्रै किन ? भनेर प्रतिक्रिया दिएका छन् । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले लेखेको एउटा स्टाटसमा उनले यो प्रतिक्रिया दिएका हुन् ।

दिपकराज गिरीले आफूलाई घुमाउरो पारामा मेगास्टार भनिनुपर्ने दाबी गरेका छन् । किनकी, उनले निर्माता रोहित अधिकारीको फिल्ममा नाफाको ५० प्रतिशत लिएर काम गर्दैछन् । नाफाको प्रतिशत लिएर काम गर्ने हिम्मत मेगास्टार, सुपरस्टार, स्टारले राख्नुपर्ने तर्क उनले दिएका छन् । यसैले उनले आफू यी सबै पगरीका लागि योग्य भएको बताउन खोजेका छन् । के दिपकराज गिरीलाई दर्शकले मेगास्टार मान्लान् त ?