बलिउडमा मनिषाको ‘हिल्ड’ विमोचन (फोटो फिचर)

चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको पुस्तक ‘हिल्ड’को भारतमा समेत विमोचन भएको छ । केही समय अगाडि नेपाल लिट्रेचर फेस्टिवलमा नेपालमा विमोचित उक्त पुस्तक विमोचन भएको छोटो समयमा नै लोकप्रिय मात्र बनेको छैन बेस्ट सेलर बुकमा समेत परेको छ ।

भारतमा बलिउडका चर्चित कलाकारहरु अभिनेत्री रेखा, निर्देशक महेश भट्ट, अभिनेता अनुपम खेर, अभिनेत्री दीप्ति नवल, अभिनेता जैक्की श्राफ, अभिनेता गुलशन ग्रोभर, निर्देशक इम्तियाज अली लगायतको उपस्थितीमा विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा उपस्थितहरुले पुस्तकको सफलअताको शुभकामना दिएका थिए ।