प्रेम दिवसको दिन विवाह गर्दै बर्षा र संजोग

अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला वैवाहिक बन्धनमा बाँधिने भएका छन् । लामो समयको प्रेम सम्बन्धलाई पूर्णता दिँदै उनीहरुले भ्यालेन्टाइन डे (प्रेम दिवस)को दिन पारेर विवाह गर्न लागेका हुन् । उनीहरुले विवाह गर्न लागेको औपचारिक जानकारी भने केही फरक तरिकाले दिएका छन् ।

उनीहरुले बलिउड नायक/नायिका दीपिका पादुकोण र रणवीर सिंह कै जस्तै गरी विवाहको जानकारी सामाजिक सन्जाल मार्फत गरेका छन् । अभिनेत्री बर्षा राउतले आफ्नो सामाजिक सन्जाल फेसबुक र इन्स्टाग्राममा निमन्त्रणा कार्ड पोस्ट गर्दै विवाहको औपचारिक जानकारी गराएकी हुन् । जसरी दीपिका र रणवीरले गरेका थिए । उक्त कार्डमा लेखिएको छ, ‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हाम्रो विवाह पनि छ ।’ १४ फेब्रवरी देखी आफुहरुको जीवनभरको साथ सुरु हुन लागेको खुशीयाली सबैमा बाँढ्दै उनीहरुले आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनेका छन् ।