प्रियंका गफिने, आयुष्मान चिहाउने

कहिलेकाहीँ त एउटा तस्बिरले नै हजार कुरा बोल्छ । पत्रिकामा तस्बिर आँफै बोल्छ यसै भनिएको होइन । निर्देशक सुव्रतराज आचार्यले इन्स्टाग्राममा राखेको तस्बिर हेर्दा रमाइलो छ । तस्बिरले के बोल्छ त्यो त भन्न सकिदैन । तर, पनि तस्बिर फन्नी छ ।

तस्बिरमा प्रियंका निर्देशक शुब्रतराज आचार्यसँग गफिएकी छिन् । आयुष्मानले यी दुइको कुरा सुने जस्तो लाग्छ । तस्बिरको टाइमिङ खतरा हो कि, जानी जानी खिचिएको हो ? यो त यी ३ ले नै जान्ने कुरा भयो । प्रेम सम्बन्धमा रहेको छोटो समयमा नै प्रियंका र आयुष्मानले बिहे गर्ने निर्णय लिइसकेका छन् । जुलाइमा उनीहरु बिहे गर्दैछन् ।

तर, प्रियंकासँग जोडिएपछि भने आयुष्मान पनि खुबै व्यस्त बनेका छन् । भिडियोमा पनि २ जनाको जोडीलाई बढी देख्न पाइन्छ । बिहेपछि प्रियंका गफिने, आयुष्मानले सुन्ने चै नहोस् है ।