आयुश्मान र शिल्पाको ‘सानो मन’ निर्माण घोषणा

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्म सानो मन निर्माण घोषणा गरिएको छ । अभिनेता आयुश्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहने फिल्मलाई शुयोग गुरुङले निर्देशन गर्न लागेका हुन् ।

कार्यक्रममा फिल्मको घोषणा साथै फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको थियो । फिल्म ओपिजी फिल्म्स र एप्लस इन्टरटेन्मेन्टको ब्यानरमा योगेश गुरुङ, राजिभ श्रेष्ठ र राजेन्द्र मानन्धरको संयुक्त निर्माणमा बन्न लागेको हो ।

फिल्ममा आयुश्मान र शिल्पासँगै गौरी मल्ल, बिशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, सक्षम कृष्ण सुवेदी, लक्ष्मी गिरी, कृष्ण भक्त महर्जन लगायतको अभिनय रहनेछ । निर्देशक गुरुङसँगै समीर सुनुवारको पटकथा रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, सुयोग सोताङको संगीत, साजन सिंहको कोरियोग्राफी रहनेछ ।

माघको अन्तिम साता बाट सुटिङमा जाने फिल्म काठमाडौं, भैरहवासँगै हङकङ र मकाउमा छायांकन गरिनेछ ।