निरुताको घमण्ड बढ्यो कि स्टारडम ?

अभिनेत्री निरुता सिंहलाई एक दशक अघि उनको फिल्म बजारमा राज रहँदा धेरै पारिश्रमिक लिने हिरोइन भनेर चिनिन्थ्यो । निरुता सिंहले उक्त समयमा चलेका हिरो बराबरको पारिश्रमिक लिने गरेको खबर अहिले पनि गर्माउछ ।

तर, फिल्म असफल हुन थालेपछि मुम्बइतिर लागेकी निरुता ८ बर्षपछि फिल्ममा आइन् । उनलाई चरित्र अभिनेत्रीको भूमिकामा लिनका लागि निर्माताहरुले पनि तछाडमछाड नै गरिरहेका छन् । तर, निरुतालाई दाल भात तरकारी खेल्ने वित्तिकै स्टारडम बढेको महसुश हुँदैछ ।

उनले एउटै फिल्ममा काम गर्न ५ लाख मागिदिइन् । निर्माताले निरुतालाई ५ लाख दिन सक्ने कुरा भएन । किनकी, फूल फर्म हिरोइनलाई त ५ लाख पारिश्रमिक दिन मुश्किल छ । निरुताले पनि पारिश्रमिकमा चित्त नबुझेपछी काम गरिरन् । अहिले निरुताको घमण्ड र स्टारडम दुबै बढेको हल्ला फिल्म बजारमा चल्न थालेको छ ।

निरुता दाल भात तरकारीको छायांकन सकेर मुम्बई लागिसकेकी छिन् । तर, उनको पारिश्रमिकको तरंगले नेपाली फिल्मलाई हल्लाएको छ । निरुताले कमब्याक गर्ने बित्तिकै पाएको मायाले उनको घमण्ड बढ्यो कि स्टारडम ?