बिहेको कुराले बर्षाको गालामा लाली चढ्यो

बिहे गर्ने कुरा भएपछि यूवतीको ओठमा र गालामा लाली चढ्छ रे । लालीले यसरी अनुहार रातो बनाउँछ कि, त्यो अनुहार लाज र खुशी दुबैको हुन्छ ।

किनकी, जीवनमा एक पटक मात्र गरिने बिहे जिन्दगीको सबैभन्दा ठूलो निर्णय पनि हो । अभिनेत्री बर्षा राउतले अभिनेता संजोग कोइरालासँग बिहे गर्ने निर्णय गरेको थोरै दिन मात्र भयो । अफिसियल घोषणापछि अहिले उनी बिहेको तयारीमा लागेकी छिन् । तर, बिहे गर्ने कुराले होला बर्षाको मनमा पलाएको खुशी बर्णन गरिसाध्य नै छैन । उनको अनुहारमा पनि लाली चढेको छ ।

उनको दिमागमा अहिले राम्रो तरंग मात्र उत्पन्न हुन थालेको छ । उनी गुड भाइब्स भन्दै रमाउन थालेकी छिन् । उनको मुस्कानमा बिहेको पल पर्खिएकी एक यूवती जस्तो देखिन थालेको छ ।

उनले मात्र गुड भाइब्स भन्दै इन्स्टाग्राममा आफ्नो खुशी साटेकी छिन् । बर्षा राउतको जीवनमा आएको यो गुड भाइव्स सधै रहन जरुरी छ । बर्षाले बिहे गर्ने सार्वजनिक गरेसँगै नकारात्मक कुरा सोच्न छाडेको देखिएको छ ।