दाईसँग शिल्पाको मन साटियो, भाईसँग ब्रेकअप

यसलाई संयोग मान्ने हो कि के मान्ने ? जे मानेपनि अभिनेत्री शिल्पा मास्केका लागि भने यो रमाइलो क्षण हो ।

शिल्पा मास्केलाई मिलन चाम्सले लिलिबिलीमा हिरोइन बनाउने बताएका थिए । उनले रोहित अधिकारीको फिल्मका लागि संझौता नै गरिन् । तर, खेलिन् पहिले कागजपत्र । अब रिलिज पहिला हुँदैछ द ब्रेकअप । यो फिल्ममा उनले अभिनेता आयुष्मान देशराज जोशीसँग काम गरेकी छिन् । आयुष्मानसँगको ब्रेकअप उनको कस्तो हुनेछ, बताउन सकिदैन । तर, आयुष्मानसँग उनको केमेष्ट्री मिलेको उनी आफै बताउँछिन् ।

अब, घटनाले नयाँ बाटो समातेको छ । शिल्पा मास्के अभिनेता आयुष्मान देशराज जोशीसँग काम गर्दैछिन् । आयुष्मान आशिरमानका दाई हुन् । आशिरमान र आयुष्मान दुबैसँग काम गर्ने शिल्पा पहिलो अभिनेत्री पनि हुन् । भाइसँग ब्रेकअप गरेकी शिल्पा दाइसँग सानो मन साट्ने तयारीमा छिन् । दाजुभाई मध्ये कोसँग उनको जोडी जम्नेछ, यो त दर्शकका लागि प्रतिक्षाको कुरा नै हुनेछ ।

तर, एउटा फिल्म घोषणा गरेर अर्कै फिल्म खेल्ने र अर्कै फिल्म पहिलो रिलिज हुने । गञ्जागोल छ शिल्पाको यात्रा । शिल्पा मास्के भाग्यमानी अभिनेत्री यसकारण पनि हुन् कि, उनको कुनै पनि फिल्म रिलिज भएको छैन । तर, उनले फिल्म भने पाएको पाइ रहेकी छिन् ।

तर पनि दाइसँग मन साट्ने तयारीमा रहेकी शिल्पा भाइसँग ब्रेकअप गरेर बसेकी छिन् । यो कुराले भने अब चर्चा पाउने निश्चित छ ।