उषाको फिगर तुलना

पूर्व मिस नेपाल उषा खड्गीले बनाउने भनेको नेपाली फिल्मको काम रोकिएको छ । उनले बनाउने भनिएको नेपाली फिल्मको छायांकन किन सुरु हुन सकेको छैन, जानकारी गराइएको छैन ।

तर, उषालाई आफू १० बर्षमा कति बदलिए, फिगर कस्तो भयो भन्ने कुराले बढी दिमाग घुमाएको छ । समुन्द्रको तटमा पुगेकी उषाले आफ्नो १० बर्ष अघिको तस्बिर र अहिलेको तस्बिर राखेर तुलना गरेकी छिन् । हेर्ने हो भने त उनी १० बर्ष अगाडि भन्दा अहिले बढी स्लिम र बोल्ड बनेकी छिन् ।

उनले १० बर्ष अघि भन्दा आफू अहिले झनै सेक्सी भएको देखाउन खोजेजस्तो लाग्छ । किनकी उनको कपडा पनि त्यस्तै छ । १० बर्षलाई उनले चुनौती पनि भनेकी छिन् । १० बर्षमा आफू उस्तै रहेको भन्दै उनी दंग छिन् । उषाले आफूलाई फिट राख्नका लागि मिहिनेत गरेकी छिन् । तर, १० बर्षपछि उनले आफ्नो फिगर तुलना गर्दै गर्दा आफू झनै सेक्सी भएको देखाउन खोजेको प्रष्ट छ ।

उषा खड्गीले फिल्ममा मन देखाइनन् । उनले बुटिकमा आफूलाई बढी व्यस्त राखेकी छिन् । उषाको १० बर्षमा आएको परिवर्तनमध्ये उनका फ्यानलाई कुन बढी मन परेको होला ?