म ठिक छु – अभिनेत्री ऋचा शर्मा

एक्कासी छाती दुखेपछी नर्भिक अस्पताल भर्ना भएकी अभिनेत्री ऋचा शर्माले आफु ठिक रहेको बताएकी छिन् ।

मेरोफिल्मसंगको टेलिफोन सम्पर्कमा उनले भनिन् ‘एक्कासी चेस्ट पेन भएर अस्पताल आएको थिएँ । इसिजी गर्दा एबनर्मल देखियो अनि ‘एन्जियोप्लास्ट’ गरेर हेर्दा सबै सामान्य रहेछ । अहिले वार्डमा सरिसकेको छु । हर्ट अट्याक भएको भन्ने समाचारहरु आएछ तर होइन । मा ठिक छु । चाँडै घर फर्किन्छु ।’ नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालको चिकित्सक टोलीले अहिले उनको उपचार गरिरहेको छ र हाल उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
भिडियो हेर्नुहोस् :
 https://www.facebook.com/nira.shrestha2/videos/1454400044691606/