रवी लामिछाने र निकिता पौडेलले गरे पेपर म्यारिज,औपचारिक विवाह बैशाखमा

चर्चित पत्रकार रवी लामिछने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले विवाह गरेका छन् । उनीहरुले सोमवार काठमाडौं जील्ला आदालतमा गएर पेपर म्यारिज गरेका हुन् । पेपर म्यारिज गरेपनी औपचारिक विवाह भने आगामी बर्ष ७६को बैशाखमा गर्ने बताएका छन् ।

लामिछानेले आफ्नो फेसबुकमा स्टाटस सहित निकितासँगको फोटो पोस्ट गर्दै आफुहरुले विवाह गरेको जानकारी दिएका हुन् । केही दिन अगाडि सम्म आफुहरु बिचमा कुनै पनि सम्बन्ध नभएको बताइरहेका रवी र निकिता बिचको विवाहले उनिहरुको सम्बन्ध पहिले देखी नै रहेको प्रस्टाएको छ । रवीले आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।